तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीका पहिरोपीडितलाई निजामति श्रीमती संघको सहयोग

काठमाडौँ गुल्मीको सत्यवती गाउँपालिकाका पहिरोपीडितलाई निजामति श्रीमती संघले आर्थिक सहयोग प्रदान गरेको छ । संघले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीमार्फत ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।

सहयोग हस्तान्तरण गर्दे निजामति श्रीमति संघका अध्यक्ष चन्द्रकला रेग्मीले आफुहरुले सदस्यता शुल्क मार्फत उठाएको रकमको सानो अंश गुल्मीमा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गरेको बताइन् ।

पछिल्लो समयमा देशका धेरै स्थानमा भारी बर्षाका कारण बाढी पहिरोले जनधनको क्षती पु¥याएपनि धेरै मानिसहरुको ज्यान जानेगरी गुल्मीमा क्षती भएको हुदाँ तत्कालका लागि राहत पु¥याउन आर्थिक सहयोग गरेको निजामति श्रीमति संघका सचिव कृष्णा खरेलले बताइन् ।

हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष सरिता न्यौपाने,महासचिव निता मलेगो,कोषाध्यक्ष अमिता श्रेष्ठको सहभागीता रहेको थियो । गत मंगलबार अविरल बर्षापछि आएको पहिरोले सत्यवती गाउँपालिकाको वार्ड नं ४ लिम्घा र ठुलोलुम्पकेमा १३ जनाको ज्यान गएको थियो । पहिरोका कारण ४ सय परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button