तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा परेर तीन जनताको मृत्यु

अजय कुमार झा, जनकपुरधाम । जनकपुर–ढल्केवर सडक खण्डमा आज साँझ भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

ढल्केवरवाट जनकपुर तर्फ आईरहेको ज १ ह ४८९६ नम्बरको ई–रिक्सालाई जनकपुरवाट ढल्केवर तर्फ गैरहेको ना १ ज ७०२२ नम्बरको वेन्जर गाडीले उक्त सडक खण्डको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नंं ४ मा ठक्कर दिएको थियो । दुर्घटनामा परि मृत्यु हुनेहरुमा क्षिरेश्वर नपा वडा ३ का वर्ष ७२ का रामदेव साह, सिरहा घर भै महेन्द्रनगरको स्वाईन कारखानामा कार्यरत रहेकी वर्ष ४० रेखा यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसै गरि जानकी मेडिकल कलेज रमदैया भवाडीमा उपचारको क्रममा क्षिरेश्वर नपाको कुम्रौल घर भएका वर्ष २३ को रोशन साह तेलीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दहालले जानकारी दिनु भयो ।

उक्त दुर्घटनामा परेर घाईते भएका अन्य २ जनाको उपचार जानकी मेडिकल कलेज शिक्षण अस्पताल रमदैया भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button