तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ पारित गरेको छ ।

बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव वैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा समिति सभापति तारादेवी भट्टले गत चैत १० असार १ गतेसम्म सातै प्रदेशमा गरिएको अध्ययन प्रतिवेदन पेश गर्नुभयो ।

यसैगरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बाढी र डुबान प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी तयार गरेको प्रतिवेदन जानकारी गराउनुभयो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदनसमेत पेश गर्नुभएको थियो ।

राष्ट्रियसभाको अर्काे बैठक यही साउन १६ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button