तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा रहेका बिषादी परीक्षण केन्द्रको तत्कालै निरीक्षण गरिने

भुवनप्रसाद आचार्य, काठमाण्डौ । संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकले काठमाण्डौ उपत्यकामा रहेका बिषादी परीक्षण केन्द्रको तत्कालै निरीक्षण गर्ने निर्णय गरेको छ ।

समितिका सभापति विमल प्रसाद श्रीवास्तवको अध्यक्षतामा भएको बैठकले सांसद मुकुन्द न्यौपानेको संयोजकत्वमा बिषादी परीक्षण केन्दको तत्कालै निरीक्षण गर्ने निर्णय गरेको हो ।

समितिको आजको बैठकमा विभिन्न नाकाहरु हुदै नेपाल भित्रिने फलफूल तथा तरकारीको विषादी परीक्षण गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button