तपाईँ सुन्दै हुनुहुन्छः

स्कुल विभागको जिम्मेवारी लिन तयार छु:नेता खनाल

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्कुल विभागको जिम्मेवारी आफु लिन तयार रहेको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बताउनुभएको छ ।
झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीले विचार गरेर जिम्मेवारी दिए आफू स्कुल विभाग चलाउन सक्षम रहेको दाबी गर्नुभयो ।
पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका खनालले आफु प्रधानमन्त्री भएर देश नै चलाएको मान्छे भएकाले पार्टीले स्कुल विभागको जिम्मेवारी दिए त्यसलाई सफल रुपमा पूरा गरेर छाड्ने बताउनुभयो । पार्टीभित्र कुनै विवाद नभएको तर, मिडियाले तीव्रताका साथ बहस चलाएर स्कुल विभागमा विवाद देखाएको भन्दै उहाँले नेपाली मिडियालाई सत्य र निष्पक्ष हुन आग्रह गर्नुभयो । कार्यक्रममा नेता खनालले स्कुल विभाग जसलाई दिएपनि ठूलो कुरा नभएको टिप्पणी गर्नुभयो ।
उहाँले पार्टी एकीकरण प्रक्रिया करिब एक वर्ष निस्क्रिय रहँदा यसले पार्टीलाई ठूलो क्षति पुगेको उल्लेख गर्दे अब त्यो अवस्था नरहेको बताउनुभयो । अहिले वडा कमिटीसम्म र जनवर्गीय संगठनहरुलाई पनि अघि बढाएर पार्टी एकता प्रक्रियालाई चाडँै टुंग्याउने प्रयास भईरहेको बताउदै उहाँले कार्यकर्ताहरु अझ सशक्त रुपमा अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button