तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि खुला

मुगु । विगत पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग आज विहानदेखि खुला भएको छ ।
सडक डिभिजन कार्यालय, जुम्लाको पहलमा प्राबिधिक सहितको टोली स्काइभेटर सहित सडक पन्छाउने काममा जुटेपटि अवरुद्ध सडक आजदेखि खुलेको सडक डिभिजन कार्यालय, जुम्लाका प्रमुख शरणकुमार महताराले जानकारी दिनुभयो ।
कालिकोट जिल्लाको कालेखोला सडक खण्डका पाँच दिनअघि राती ढुङ्गा सहितको पहिरोले खसेर सडक अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भएपछि कर्णाली राजमार्ग भएर मुगु र जुम्ला जाने दर्जनौ मालबाहक गाडीहरु बीचबाटोमा नै अलपत्र परेका थिए ।
सडक खुलेसँगै रोकिएका यातायातका साधनहरु आजै गन्तब्यतिर लागेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button