तपाईँ सुन्दै हुनुहुन्छः

कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार

काठमाडौं । अर्थ मन्त्रालयले सरकारको बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ ।

चालु आर्थिक बर्षको नेपाल सरकारको बजेट र नीति तथा कार्यक्रममा रहेका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालय अन्र्तगतका कार्यक्रमको कार्यान्वयका लागि कार्ययोजना तयार पारेको जनाएको छ ।

कार्यक्रम कार्यान्वयनको समयतालिका, जिम्मेवार निकाय र सम्पन्न गर्ने समय अवधी लगायतका विषयहरु निर्धारण गरेर कार्ययोजना तयार पारेको अर्थ मन्त्रालका प्रवक्ता उत्तर कुमार खत्रिले जानकारी दिनु भयो ।

मन्त्रालयले बुधवार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बजेट र नीति तथा कार्यक्रम कार्यान्वय कार्ययोजनाका सम्बन्धमा जानकारी गराएको छ मन्त्रालयले बजेटले लिएको राजस्वको लक्ष्य १ हजार ३ सय १२ अर्ब राजस्व असुली गर्ने लक्ष्य अनुसार कार्ययोजना निर्माण गरेको हो ।

कार्ययोजनाले साउन महिना भित्र खर्चको अख्तिीयारी सबै निकायमा पठाउने, आवश्यक पर्ने कार्य योजना र निर्देशिकाहरु सबै बनाउने लक्ष्य लिएको छ ।

त्यस्तै आर्थिक ऐनमा छूट दिने सम्बन्धी विषयमा आवश्यक छूट दिने जस्ता विषयहरु साउन महिना भित्र सम्पन्न गर्ने तय गरेको छ ।

कार्ययोजना मन्त्रालयबाट स्वीकृत भएपछि छिटटै सार्वजनिक गर्ने तयारी समेत भएको प्रवक्ता खत्रिले जानकारी दिनु भयो ।

कार्ययोजनाले अघि सारेका कतिपय कार्यक्रमहरु कार्यान्वयमा आइसकेका छन भने कतिपय क्रमिक रुपमा कार्यान्वयमा जाने गरी तय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button