तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस कार्यसमितिको बैठक आज पनि जारी

समीर जंग शाह । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रह्यो ।

पार्टी कार्यालय सानेपामा गत असार २२ गतेदेखि सुरु भएको बैठकमा पार्टीको प्रदेश र स्थानीयस्तरमा अन्तरिम संरचना र आगामी महाधिवेशनको विषयमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम सकिएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबारसम्म बैठक सकिने गरी तयारी गरिएको जानकारी दिनुभयो ।

आगामी फागुन महिनामा काँग्रेस कार्यसमितिको चारवटा कार्याकल सकिँदै छ भने विधानमा एक वर्ष कार्यकाल थप्न सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button