तपाईँ सुन्दै हुनुहुन्छः

मालपोत कार्यालयमा अनलाइन सेवा शुरु

सल्यान । मालपोत कार्यालय, सल्यानले कार्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि अनलाइन सेवा शुरु गरेको छ ।
अनलाइन सेवा सुरु हुने मालपोत कार्यालयहरुमा सल्यान ७७ औं कार्यालय बनेको छ ।
अनलाइन सेवाको शुरु गर्दै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले कार्यालयमा अनलाइन सुेवा शुरु भएपछि अब सेवाग्राहीले घरमै बसेर सेवा लिनसक्ने भएको र अब कसैले गलत काम गरिहेको भएमा सम्बन्धित जग्गाधनिले तुरुन्तै कार्यालयमा गएर रोक्न सक्ने बताउनुभयो ।
मालपोत कार्यालयका निमित्त मालपोत प्रमुख शोभाकर न्यौपानेले अनलाइन सेवाका लागि सेवाग्राहीका औठाछाप, फोटो सहितको विवरण लिइने भएकाले फर्जी काम अन्त्य हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button