२०७८ साल वैशाख ८ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण

रेडियो नेपाल २०७६ साउन १६ गते १६:२४

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले रु. १० लाख १ हजार १ सय जम्मा गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई राहत रकमको चेक महासंघका अध्यक्ष केशव बडाल र बैंकका अध्यक्ष के.बी. उप्रेतीले हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले विपत्तीमा परेकाहरुलाई उद्धार र पुनस्र्थापनाका लागि सहकारीकर्मीहरुले सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।
राष्ट्रिय सहकारी महासंघ अध्यक्ष बडालले विभिन्न सहकारी संस्था र सहकारीकर्मीहरुबाट रकम संकल गरेर विपत्तीमा परेकाहरुलाई सहयोग गरिएको जानकारी दिनुभयो ।

सम्बन्धित

सरकारी मूल्यमा गहुँ खरिद शुरु

१० मिनेट अगाडि रेडियो नेपाल

भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

११ घन्टा अगाडि पुष्करराज बुढाथोकी