तपाईँ सुन्दै हुनुहुन्छः

१४ पुरुष र १० महिला खेलाडी प्रशिक्षणका लागि छनोट

काठमाडौं । आसन्न दक्षिण एशियाली खेलकुद सागका लागि कराँतेमा पुरुषमा १४ र महिलामा १० खेलाडी पहिलो चरणमा विशेष प्रशिक्षणका लागि छनोट भएका छन ।

सातदोबाटो स्थित कराँते एकेडेमीमा भएको छनोट प्रतियोगितामा पुरुषमा विनोद शाक्य, लेखनाथ मैनाली, सुजन श्रेष्ठ, मुकुन्द महर्जन, लगायत विशेष प्रशिक्षणका लागि छनोट भएका हुन ।

यस्तै महिला तर्फ, बिधुशा थापा, अमृता शान्धा, सुमिता महर्जन, लगायत महिला रहेका छन । सागका लागि विहीबारबाट विशेष प्रशिक्षण सुरु भएको छ । सागका लागि पुरुषमा १८ र महिलामा १५ खेलाडी छनोट गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button