तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाको बैठक सोमबार सम्मका लागि स्थगित

तुलसी सापकोटा । राजनीतिक दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ ।

सभामुख कृष्णबहादुर महराले केही दिन देखि संसदमा जारी अवरोध हटाउनका लागि आज संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाउनुभएको सर्वदलीय बैठकमा सहमति जुट्न नसकेपछी प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर सोमवार सम्मका लागि स्थगित भएको हो ।

बैठकपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सहमतिका लागि थप छलफल आवश्यक देखिएकाले सहमतिमै सोमबार सम्मका लागि संसद बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक पुष्पा भुषालले सर्लाही घटना मानवधिकारसँग जोडिएकाले संसदीय छानविन समिति बनाउनुपर्छ भनेर बैठकमा आफूहरुले माग राखेको बैठकमा यस विषयमा थप छलफल आवश्यकता महशुस भएकाले संसद बैठक स्थगित गरिएको बताउनु भयो ।

समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सर्लाही घट्नाका सम्बन्धमा संसदीय छानविन समिति बनाउन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु दुबै लोकतान्त्रिक प्रक्रिया हुने आफूले सुझाव दिएको बताउनुभयो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही साउन २० गते विहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button