तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन मंसिरमा गर्न सुझाव

अच्युत अर्याल । विभिन्न राजनीतिक दलका नेताहरुले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्यके रिक्त पदमा उपनिर्वाचनका लागि आगामी मंसिर महिना उपयुक्त हुने सुझाव दिनुभएको छ ।

रिक्त पदहरुको उपनिर्वाचनका सम्बन्धमा निर्वाचन आयोगले आज काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा नेताहरुले सबै रिक्त स्थानको निर्वाचन एकैचोटी गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचन सम्बन्धी व्यवस्था र आयोगले हाल गर्दै गरेको तयारीका सम्बन्धमा जानकारी गराउनु भएको थियो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग तथा विदेशमा बस्ने नेपाली नागरिकको मताधिकार सुरक्षित गर्ने सम्बन्धमा पनि महत्वपूर्ण सुझाव प्राप्त भएकोे जानकारी दिनुभयो ।

हाल स्थानीय तह, प्रदेश र संघ गरी ३६ जिल्लामा ५० पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ राजनीतिक दलहरुको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button