२०७८ साल वैशाख ६ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

छ वर्षदेखि फरार व्यक्ति पक्राउ, कारागार चलान

रेडियो नेपाल २०७६ साउन १७ गते ८:५९

इलाम-छ वर्षअघि नाबालिकालाई बलात्कार गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका वडा नं ५ का २९ वर्षीय सचिन रसाइली रहेका छन् ।

रसाइलीले विसं २०७० जेठ २१ गते इलाम नगरपालिकाकी एक बालिकालाई बलात्कार गरी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार रसाइलीलाई विसं २०७० कात्तिक ३० गते जिल्ला अदालत इलामले दोषी ठहर गर्दै नौ वर्ष काराबासको फैसला सुनाएको थियो । अदालतले काराबास सुनाए पनि रसाइली फरार रहेपछि प्रहरीले खोजीकार्य चलाइरहेको थियो । रसाइली पक्राउ परेसँगै बिहीबारै कारागार चलान गरिसकिएको छ ।

सम्बन्धित

कांग्रेस केन्द्रीय समिति बैठक सोमबार

९ घन्टा अगाडि रेडियो नेपाल

“महामारी फैलियो, सावधानी छैन”

९ घन्टा अगाडि नारायण अधिकारी