तपाईँ सुन्दै हुनुहुन्छः

सांसद विकास कोषको लगानीमा ,अँध्यारो जुम्ला सदरमुकाम उज्यालो गर्न डिजेल प्लान्टबाट बत्ती बालिने

खलङ्गा । सानाजलद्यिुत् उपभोक्ता समितिको निर्माणाधीन विद्युत् बन्न ढिलाइ भएपछि १७ दिनदेखि पूर्ण अँध्यारो जुम्ला सदरमुकाम उज्यालो गर्न सांसद विकास कोषको लगानीमा डिजेल प्लान्टबाट बत्ती बालिने भएको छ ।

भारतीय राजदूतावासको सहयोगमा निर्माणाधीन मेसिन जडान नहुँदै बिग्रिएपछि मेसिन बन्ने समयसम्म डिजेलबाट जुम्ला सदरमुकाम उज्यालो गरिने भएको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले जानकारी दिए ।

सदरमुकाम उज्यालोका लागि जुम्लामा सांसद गजेन्द्रबहादुर महतको सांसद विकास कोषबाट रु २४ लाख ६० हजारको लगानीमा डिजेल प्लान्ट मेसिन खरीद गरिएको अध्यक्ष बुढ्थापाले जानकारी दिए । निर्माणाधीन मेसिन साना जलविद्युत् उपभोक्ता समितिको विद्युत्गृहमा पुगिसकेको र ढुवानीको भने बिल पुग्न बाँकी रहेको उनको भनाइ छ । मेसिन पुगेपछि ट्रकबाट उतार्न कठिन भएकाले डोजरको प्रयोग गरिने भएको समितिले जनाएको छ । नेपालगञ्जबाट चार दिन लगाएर ज्याक्सन कम्पनीको दुई सय केभी (१६० किलोवाट)को मेसिन जुम्ला पुगेको हो ।

सांसद महतले जुम्ला सदरमुकाम बत्तीविहीन भएपछि सरकारी कामकाजदेखि जनतालाई चाडपर्वको बेला अँध्यारो भएको भन्दै रु ५० लाख अल्पकालीन बत्ती बाल्नका लागि विनियोजन गरिएको बताए । भारतीय दूतावासले सहयोग गरेको मेसिनको बिग्रिएको भाग भने बनाउनका लागि निर्माणको ठेक्का लिएका पुष्करलाल दुवैले जुम्लाबाट भारततिर पठाएको बर्ताका छन् । नयाँ आएको डिजेल प्लान्टबाट उत्पादन हुने बत्ती भने सहुलियत गरिने बताइएको छ ।

मेसिनको लागत, ढुवानी, तेल खर्चको विषयमा जडान भएर सञ्चालन भएपछि सार्वजनिक सुनुवाइ गरिने कर्णाली प्रदेश सदस्य पूर्णप्रसाद धितालले बताए । १८ दिनदेखि जुम्ला बत्तीविहीन भएपछि सरकारी कामकाज प्रभावित हुनुका साथै २२ हजार उपभोक्ता अँध्यारोमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button