तपाईँ सुन्दै हुनुहुन्छः

शुक्रबार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । शुक्रबार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ ।  मनसुनी न्यूनचापीय रेखा विस्तारै नेपालतर्फ सर्दै आएकाले वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङ्सहित हल्कावर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी पहाडी भू–भागका केही ठाउँमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार बिहान देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भू–भागमा सामान्य बदलीको अवस्था रहेको र ती क्षेत्रहरुका थोरै ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

श्रावण १७ गते (शुक्रबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ |

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ । पश्चिमी पहाडि भू-भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

श्रावण १८ गते (शनिबार )

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।

श्रावण १९ गते (आईतबार )

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button