तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि एक महिनासम्म मनाइने गुँलापर्व शुरु

काठमाडौं । उपत्यकामा बसोबास गर्ने नेवारी समुदायमा आजदेखि एक महिनासम्म मनाइने वर्षावास वा गुँलाधर्म शुरु भएको छ । यसलाई गोसाइँथान वा शिलु धुन पनि भन्ने गरिन्छ ।

श्रावण शुक्लपक्षको प्रतिपदादेखि एक महिनाभर मनाइने यस पर्वमा भगवान बुद्धले वर्षावासका बेला धर्म देशना गर्नुभएको सम्झना गरिन्छ । यस पर्वका बेला स्वयम्भूनाथ, गोसाइँकुण्ड, कुम्भेश्वरलगायतका धार्मिक क्षेत्रमा गुँलापर्वको विशेष धून बजाउने गरिन्छ । भक्तहरू गुँला बाजा बजाई बौद्धक्षेत्रको परिक्रमा गर्दै दीपदानका साथै भजन गाउने गर्दछन् ।गुँलाधर्मको यो प्राचीन परम्परामा दीपयात्रा मतयाको पनि महत्व छ । दिपंकर बुद्धको सम्मानमा गरिने यो धार्मिकयात्रामा दानपुण्य गर्ने चलन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button