तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पीडितको उचित व्यवस्थापनका लागि सरकार गम्भीर: प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट पीडितहरुको उचित व्यवस्थापनका लागि सरकार गम्भिर रहेको बताउनुभएको छ ।
प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग शुक्रबार बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले बाढी पीडितहरुको समस्यको दीर्घकालिन समाधानका लागि सरकारले योजना बनाइरहेको जानकारी दिनुभयो । “बाढी र डुबानको समस्या समाधानको दीर्घकालिन उपायका लागि सरकारले योेजना बनाउदैछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “बर्षेनी देशमा हुने यस प्रकारका समस्याको दीर्घकालिन समाधानका लागि समुदायलाई नै परिचालन गर्नुपर्दछ । बाढी र डुबानका कारण हुने जनधनको क्षत्ति न्यून गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन पनि गर्नु पर्दछ । ”
केही समयभित्रै बाढीले क्षत्ति पु¥याएका प्रदेश नं २ का जिल्लाको भ्रमण गर्ने जानकारी प्रधानमन्त्रीले सांसदहरुलाई दिनुभयो । “केही समयपछि म बाढीको क्षत्तिको अवलोकन र राहतको केही कार्यक्रम सहित प्रदशे नं २ मा आँउछु” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button