तपाईँ सुन्दै हुनुहुन्छः

महिला विश्वकप: अब ३२ राष्ट्रले सहभागिता जनाउने

फिफा महिला विश्वकपमा अब ३२ राष्ट्रले सहभागिता जनाउन पाउने भएको छन् । पछिल्लो दुई संस्करणमा २४ राष्ट्रले सहभागिता जनाउँदै आएकोमा अब ३२ राष्ट्रले प्रतियोगितामा सहभागिता जनाउने पाउने भएका हुन् ।आउँदाे महिला विश्वकप आयोजनाका लागि ९ देशले आयोजनाको प्रस्ताव राखेको बताइएको छ । प्रस्ताव राख्नेहरुमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, बोलिभिया, कोलम्बिया, जापान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र दक्षिण कोरिया रहेका छन् ।

सन् १९९१ को पहिलो संस्करणमा १२ ओटा राष्ट्रको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाको परिषद्ले सहभागी राष्ट्रको संख्या बढाउने प्रस्ताव स्वीकार गरेको हो  । पुरुष फुटबल विश्वकपमा भने सन् १९९८ बाट ३२ राष्ट्रले सहभागिता जनाउँदै आएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button