तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसको पार्टी सभापति देउवा र कोइरालाविरुद्ध अनुशासन समितिमा उजुरी

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिमा पार्टी सभापति शेरबहादुर देउवा र शेखर कोइरालाविरुद्ध उजुरी परेको छ ।सभापति देउवाविरुद्ध भरतपुरमा रुख चिहृनबाहेक अन्यत्र मतदान गर्न लगाएको भन्दै उजुरी परेको हो ।

अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले पनि सभापति देउवासँगै कोइरालाविरुद्ध उजुरी परेको स्वीकार गरेका छन् ।देउवाले स्थानीय चुनावमा भरतपुर महानगरको मेयरमा तत्कालीन माओवादीकी उम्मेदवार रेनु दाहाललाई भोट मागेका थिए ।

यस्तै शेखर कोइरालाविरुद्ध १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्दा योग्यता नपुगेको भन्दै उनीविरुद्ध अनुशासन समितिमा उजुरी परेको हो ।

कांग्रेसको विधानअनुसार लगातार १० वर्ष क्रियाशील सदस्य भएपछि मात्र केन्द्रीय सदस्य हुन पाइन्छ । तर वि. सं. २०६० सालसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति रहेका कोइराला लगातार १० वर्ष क्रियाशील सदस्य नभइ पार्टी केन्द्रीय सदस्य भएको उजुरीकर्ताको दाबी छ ।

यद्यपि यो उजुरी पेन्डिङमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button