२०७७ साल चैत ३० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकभर जबर्जस्ती करणीमा एक हजार ८७३ मुद्दा दर्ता

रेडियो नेपाल २०७६ साउन १७ गते १५:३६

काठमाडौं : मुलुकभर जबर्जस्ती करणीका घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४-७५ को तुलनामा आव २०७५-७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो ।

आव २०७४-७५ मा एक हजार ४८० मुद्दा दर्ता भएकामा आव २०७५-७६ मा एक हजार ८७३ मुद्दा दर्ता भएका छन् । आव २०७३-७४ मा भने एक हजार १३७ मुद्दा दर्ता भएका थिए ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल जबर्जस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरे पनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको बताउँछन् ।

कुनै पनि महिलाको इच्छाबेगर जबर्जस्तीरूपमा यौन सम्पर्क गर्न खोज्नुलाई जबर्जस्ती करणी भनिन्छ । प्रहरी प्रवक्ता पोखरेल आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबर्जस्ती करणीका घटना हुने गरेको बताउँछन् ।

“हिजो विश्वास गरेका व्यक्ति, नाता र छरछिमेक आज अविश्वासमा परिणत भएको छ”, उनी भन्छन् । सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट यस्ता घटना बढेकोे उनको भनाइ छ ।

सम्बन्धित

जाजरकोटका ४१ वन क्षेत्रमा आगलागी 

३ घन्टा अगाडि बद्री पन्त

मोटरसाइकलबाट खस्दा एक महिलाको मृत्यु

४ घन्टा अगाडि किरण श्रेष्ठ