तपाईँ सुन्दै हुनुहुन्छः

राजस्व नतिर्ने व्यापारिक फर्मलाई कारवाही शुरु

ध्रुव अधिकारी, वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले राजस्व नतिर्ने वीरगञ्जका २८ सय भन्दा बढी व्यापारिक फर्मलाई कारवाही शुरु गरेको छ ।

राजश्व छल्ने उदेश्यले फर्म दर्ता गराई अबैध कारोवार गर्ने व्यवसायीलाई आन्तरिक राजश्व कार्यालय पर्साले कारवाही प्रक्रिया अगाडी बढाएको हो ।

फर्म दर्ता गरेर कारोवार गर्ने र अन्त्यमा राजश्व नबुझाई कारोवार बन्द गर्ने क्रम बढेपछि वीरगञ्ज र पर्सा जिल्लाका २ हजार ८ सय ७० वटा फर्मको खाता रोक्का गरी कारवाही प्रक्रिया अगाडी बढाइएको आन्तरिक राजस्व कार्यालय प्रमुख गोपीकृष्ण कोईरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button