तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथा राष्ट्रिय निकुञ्जद्वारा १६ करोड १० लाख राजश्व संकलन

काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५–७६ मा १६ करोड १० लाख ६६ हजार ७२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

निकुञ्जले निकुञ्ज क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकबाट सो राजस्व सङ्कलन गरेको हो ।

निकुञ्जले विदेशी पर्यटकबाट १३ करोड ७३ लाख ४३ हजार ९ सय ६ रुपैया, सार्क राष्ट्रका पर्यटकबाट ३३ लाख २३ हजार २ सय २१ रुपैयाँ र आन्तरिक पर्यटकबाट ७२ हजार २ यस ३० रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी रविन चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button