तपाईँ सुन्दै हुनुहुन्छः

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगको आज भएको बैठकले समाज पार्टी नेपाल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो ।

समाजवादी पार्टीले गत जेठ ३० गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो ।

समाजवादी पार्टीसँगै अब निर्वाचन अयोगमा दर्ता भएका राजनीतिक दलको सङ्ख्या १३१ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button