असनको विहार बचाउन माग गर्दै १५ हजारको हस्ताक्षर
काठमाडौँ-असनस्थित करीब ६०० वर्ष पुरानो कोथुननी विहार नभत्काउन माग गर्दै १५ हजार स्थानीयवासीको हस्ताक्षर सङ्कलन गरिएको छ । गुठी संस्थानले विहार भत्काएर भवन बनाउन खोजेपछि स्थानीयवासीलगायत गुठियार आन्दोलित छन् ।
हस्ताक्षर सङ्कलन समापन कार्यक्रमका अवसरमा सांसद भीमसेनदास प्रधानले मन्दिर, विहारजस्ता धार्मिक संरचना मासेर घर, भवनलगायत संरचना बनाउने काम बढ्न थालेकाले सम्पदा संरक्षणका लागि स्थानीयवासी लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य वसन्त मानन्धर, अभियानकर्मी उमेश स्थापित, असन कोथुननी बचाउ अभियानका संयोजक नमस्ते सायमीलगायतले भदौ ११ गते असनमा जम्मा भई जुलुससहित सङ्कलित हस्ताक्षर गुठी संस्थानमा बुझाइने जानकारी दिनुभएको थियो । हस्ताक्षर काठमाडौँ महानगरपालिका र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत बुझाइने जनाइएको छ । संस्थानले विहार भत्काई भवन बनाउन ठेक्का लगाएपछि स्थानीयवासी आन्दोलित भएका हुन् ।
प्रतिक्रिया राख्नुहोस्