तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गर्न आज बेलुका सिंगापुर जानुहुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बेलुका ९ः४५ बजे सिल्क एयरबाट जाने कार्यक्रम छ । सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा स्वास्थ्य परीक्षण गर्न जाँदै छन् । स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक प्रा.डा.दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका हुन् । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणबारे औपचारिक निर्णयसमेत गरेको छ ।

गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सुझावअनुसार उनी थप फलोअपका लागि जान लागेका हुन् । छाउनीमा ओलीको नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेनल बायोप्सी’ गरिएको थियो । उनको रगतमा क्रिएटिनिनको मात्रा बढेको छ ।उनी करिब एक साता बस्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button