तपाईँ सुन्दै हुनुहुन्छः

रामेछापको भिरपानी वडा कार्यालयमा सिलिण्डर बिस्फोट

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालयमा अज्ञात समूहले सिलिण्डर बिस्फोट गराएका छन् ।

राति एक बजेतिर भिरपानीस्थित वडा कार्यालयभित्र सिलिण्डरमा पेट्रोल छर्केर आगो लगाइ बिस्फोट गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले जानकारी दिए ।

बिस्फोटका कारण वडा कार्यालयका कम्युपटरसहित कागजपत्रहरु जलेर नष्ट भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button