तपाईँ सुन्दै हुनुहुन्छः

मर्मत संभारपछि रेडियो नेपाललाई पोखरी हस्तान्तरण

रोमा रायमाझी

 

रेडियो नेपाल परिसरमा रहेको पोखरी मर्मत सम्भारपछि आज रेडियो नेपाललाई हस्तान्तरण गरिएको छ ।

जीर्ण अवस्थामा रहेको उक्त पोखरीको मर्मत संभार गर्ने जिम्मबारी पाएको “कल्याणकारी स्वंयमसेवक संघ नेपाल” नामक संस्थाले पोखरीको मर्मत कार्य सम्पन्न गरी आज एक कार्यक्रमका बीच रेडियो नेपाललाई हस्तान्तरण गरेको हो ।

पोखरी हस्तान्तरण कार्यक्रममा पोखरीमा माछा हाल्नुहुँदै संविधानवीद डा. भिमार्जुन आचार्यले यस्ता पुरातात्विक सम्पदाको संरक्षण र संवद्र्धन गर्न सबैको दायित्व रहेको भन्नुहुँदै रेडियोले गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक अशोक बास्कोटाले ऐतिहासिक महत्व बोकेका रेडियोका सबै संरचना र सम्पतिको संरक्षणमा रेडियो गंभिर रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button