तपाईँ सुन्दै हुनुहुन्छः

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको वरीयतामा नेपाल यथावत

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।

आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै रहेको थियो ।

यसै महिना मलेसियासँगको दुई खेलको टी-ट्वान्टी क्लिन स्विप र सिंगापुरमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेपनि नेपालले वरियता सुधार गर्न नसकेको हो । नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ अंक पाएको छ ।

एसोसियट राष्ट्र मध्यको टी-ट्वान्टी वरियतामा भने नेपाल शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन्  । यस्तै चौंथो स्थानमा भारत र पाँचौ स्थानमा न्युजिल्याण्ड रहेका छन्  ।

आईसीसीले सार्वजनिक गरेको एकदिवसीय वरियतामा पनि नेपाल १५ औं स्थानमा यथावत रहेको छ । नेपालले ८ खेलबाट १५२ अंक पाएको छ ।

एकदिवसीय वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् ।

एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button