तपाईँ सुन्दै हुनुहुन्छः

विकासका लागि भ्रष्टाचारको अन्त्य हुनुपर्छः नेता नेपाल

केशव ढुंगाना । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देश विकासका लागि भ्रष्टाचारको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

आज काठमाडौमा आयोजित पुरस्कार वितरण कार्यक्रममा वरिष्ठ नेता नेपालले आर्थिक अनियमितता र भ्रष्टाचार देश विकासको प्रमुख बाधकको रूपमा रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सुशासनका पक्षमा जनमत सिर्जना गर्न योगदान पुर्याएबापत पत्रकार शिव गाउँलेलाई २ हजार अमेरिकी डलर नगद सहितको टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार तथा पत्रकारहरू चन्द्र भण्डारी र देविका घर्तीमगरलाई ५ सय अमेरिकी डलर नगद सहितको प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी गायक जे.वि. टुहुरेलाई १ हजार अमेरिकी डलर नगद सहित हेम–सरिता पाठक अन्तराष्ट्रिय संगीत पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button