तपाईँ सुन्दै हुनुहुन्छः

ब्रोकरको लाइसेन्सका लागि आवेदन खुला

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्सका लागि आवेदन खुला गरेको छ ।

नेप्सेले कार्यविधि सार्वजनिक गरेलगतै शुक्रबार १५ दिनभित्र आवेदन दिन खुला गरेको हो ।

नेप्सेको कार्य्विधि अनुसार ब्रोकरको काम गर्ने कम्पनी वाणिज्य बैंकको शतप्रतिशत लगानी भएको सहायक कम्पनी हुनुपर्नेछ भने चुक्ता पूँजी दुई करोड रुपैयाँ हुनु पर्नेछ ।

नेपाल राष्ट्र बैंकबाट धितोपत्र व्यवसाय गर्नका लागि वाणिज्य बैंकले सहायक कम्पनी मार्फत धितोपत्र व्यवसाय सञ्चालन गर्ने स्वीकृति लिएको हुनुपर्छ ।

यो कार्यविधि अनुसार अहिलेसम्म पाँच वाणिज्य बैकका सहायक कम्पनी ब्रोकरको काम गर्न योग्य देखिएका छन्। ती बैंकले छुट्टै कम्पनी खोलिसकेका छन् ।

कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार एनआईसी एशिया बैकले एनआइसी एसिया सेक्यूरिटिज, सानिमा बैकले सानिमा सेक्यूरिटिज, प्रभु बैकले प्रभु स्टक मार्केट, सिटिजन बैकले सिआइबिएल सेक्यूरिटिज र माछापुच्छ्रे बैकले माछापुच्छ्रे सेक्यूरिटिज कम्पनी दर्ता गराएका छन् ।

सहायक कम्पनी दर्ता गरे वाहेकका वाणिज्य बैंक पनि ब्रोकरको काम गर्न ईच्छुक देखिएका छन्।ती बैंकले ब्रोकरको काम गर्न राष्ट्र बैंकमा आवेदन दिएका छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button