तपाईँ सुन्दै हुनुहुन्छः

विप्लव माओबादीका १ कार्यकर्ता पक्राउ

 पर्वत-प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहका एक कार्यकर्ता पर्वतमा पक्राउ परेका छन् । शनिवार साँझ मोदी गाउँपालिका–६ तिलाहारबाट सो पार्टिका कार्यकर्ता प्रकाशजंग लामिछाने पक्राउ परेका हुन् । प्रहरीको खोजी सूचिमा रहेका उनी आफ्नै घरबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

लामिछाने साउन १५ गते एनसेल टावरमा भएको आगजनीमा संलग्न भएको देखिएकाले पक्रिएको प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरीले गोप्य रुपमा गरेको अनुसन्धान बाट लामिछानेको संलग्नता रहेको पाईएपछि पक्राउ गरि थप अनुसन्धान थालेको अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button