तपाईँ सुन्दै हुनुहुन्छः

पीएसजीलाई नवौं पटक फ्रेन्च सुपर कपको उपाधि

काठमाडौं । फ्रेन्च सुपर कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ ।

हिजो भएको फाइनलमा रेनसलाई २–१ गोलअन्तरले पराजित गर्दै पीएसजीले कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको हो ।

पीएसजीका लागि यो सिजनको पहिलो उपाधि पनि हो । पीएसजीको जितमा केलियन एमबाप्पे र एन्जल डी मारियाले एक–एक गोल गरे ।

रेनसका एड्रीन होन्युले एक गोल फर्काए । योसँगै पीएसजीले कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।

पीएसजी लियोनलाई पछि पार्दै सर्वाधिक धेरै पटक फ्रेन्च सुपर कप जित्ने टिम बनेको हो । लियोनले आठ पटक फ्रेन्च सुपर कप जितेको छ ।

फ्रान्सको लिग वान विजेता र फ्रेन्च कप विजेता टिमबीच फ्रेन्च सुपर कप हुने गर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button