तपाईँ सुन्दै हुनुहुन्छः

मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी

काठमाडौं । मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४र७५ को तुलनामा आव २०७५र७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो । आव २०७४र७५ मा मानव बेचविखन तथा ओसारपसारमा ३०८ मुद्दा दर्ता भए पनि २०७५र७६ मा भने २२८ मुद्दा दर्ता भएका छन् । आव २०७३र७४ मा २२७ मुद्दा दर्ता भएका थिए ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियतासँगै मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको बताउँछन् । नेपाल प्रहरीको बढ्दो सक्रियता र जनचेतनामूलक कार्यक्रम सञ्चालनसँगै मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको उनले बताए । नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसारलाई नियन्त्रण गर्न मानव बेचविखन नियन्त्रण ब्यूरोको स्थापना गरेको छ । महिला तथा बालबालिका बेचविखन बढेसँगै सरकारले आव २०७५र७६ को बजेटमा मानव बेचविखन नियन्त्रण ब्यूरो स्थापनाका लागि रकम विनियोजन गरेपछि ब्यूरो स्थापना भएर काम गर्दै आएको उनको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button