तपाईँ सुन्दै हुनुहुन्छः

सदन खुलाउन सभामुखको प्रयास जारी

काठमाण्डौ । प्रतिनिधि सभाको जारी अवरोध खुलाउने उद्धेश्यले सभामुखज्यूले आज दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित कार्यकक्षमा सभामुख महराले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजय गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, प्रतिपक्ष राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र नेता लक्ष्मणलाल कर्ण, सत्ता पक्षका तर्फबाट प्रमुख सचेतक देव गुरूङसँग छलफल गर्नुभएको हो ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसँग फोनमा सहमतिका लागि सत्ता पक्षबाट पहल गर्न आग्रह गर्नुभएको छ । छलफल सकारात्मक भएको र भोलि सोमबारदेखि जारी गतिरोध खुल्ने सभामुख महराले आशा गरेको बताउनुभयो ।

प्रतिनिधि सभाको बैठक भोलि (सोमबार) बिहान ११ बजे बोलाइएको छ । १६ गते बसेको सर्वदलीय बैठकले सहमतिका लागि प्रयास गर्ने निर्णय गरेअनुसार १६ गते बोलाइएको बैठक सूचना टाँस गरि स्थगित गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button