तपाईँ सुन्दै हुनुहुन्छः

अरुण तश्रोको २२ प्रतिशत काम सम्पन्न

अर्जुन श्रेष्ठ । संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको २२ प्रतिशत भौतिक निर्माणको काम सम्पन्न भएको छ ।

कूल ९०० मेगावाट क्षमताको सो आयोजनाको सुरुङ निर्माणमा १२ प्रतिशतसहित परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको हो ।

आयोजना निर्माण नेपालमा एसजेभिएन अरुण तेस्रो जलविद्युत् कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटी आयोजनाको भौतिक प्रगतिका बारेमा जानकारी गराउनुभएको हो ।

मन्त्री पुनले सरकारले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएकाले समय सीमाभित्रै अरुण–३ परियोजना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । आयोजना भारत सरकारको स्वामित्वमा रहेको सतलज विद्युत् निगमले निर्माण गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button