तपाईँ सुन्दै हुनुहुन्छः

चिलिमे त्रिशूली अयोजनाको भौतिक प्रगति ४५ प्रतिशत

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत पुगेको जनाएको छ ।

सो आयोजनाले रसुवाको चिलिमेदेखि त्रिशूली ३ बी २२० केभी हबसम्म २७ किलोमिटर प्रसारण लाइन र चिलिमेमा सवस्टेसन निर्माण गरिरहेको छ ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२ दशमलव ५ मेगावाटको साञ्जेन र १४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेन यसै प्रसारण लाइनमा जोडिनेछ ।

आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर ‘डबल सर्किट’ र मैलुङबाट त्रिशूली ३ बी हबसम्मको आठ किलोमिटरमा भने ४ वटा सर्किट रहने गरी प्रसारण लाइन निर्माण गर्नेछ । सो प्रसारण लाइनका ८० टावरमध्ये १५ वटाको जग हाल्नका लागि खाल्डो खनिएको आयोजना प्रमुख केदार सिलवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button