तपाईँ सुन्दै हुनुहुन्छः

यस वर्षदेखि बिएलाई चारवर्षे बनाउँदै,त्रिभुवन विश्वविद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ३ वर्षे हुने गरेको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अब यस वर्षदेखि चार वर्षे बनाउने तयारी गरेको छ । डिन कार्यालयले ४ वर्षे बिएका लागि कोर्स तयार बनाउन लगाएता पनि अहिलेसम्म भने अधिकांश विषयले सकेका छैनन् । त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा शिवलाल भुसालले त्यसको पुष्टि गरेका हुन् ।

उनले यस वर्षदेखि बिएलाई चारवर्षे बनाउन लागेको जनाए । स्नातक तहमा मानविकी सङ्कायमा ३६ वटा कार्यक्रम लागू भएको बताउँदै उनले जसमध्ये चार विषयले कोर्स तयारी गरेको बताए । त्रिवि सम्बन्धन प्राप्त देशैभरका क्याम्पसमा यस वर्ष देखि लागु हुने गरी स्नातक तहलाई चार वर्षे बनाउने उनको भनाई छ । उनले पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । २६ साउनमा पुनः बैठक बसेर भदौबाटै पाठ्यक्रम निर्माण भइसक्ने उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button