तपाईँ सुन्दै हुनुहुन्छः

वालिङमा चाक्लाबन्दी खेती शुरू

अर्जुन श्रेष्ठ । सरकारले सहकारीमार्फत चाक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्ने नीति अनुरुप स्याङ्जाको थुमपोखरा साना कृषि सहकारी संस्था लिमिटेडले वालिङमा चाक्लाबन्दी खेती शुरू गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको ४८ लाख र गण्डकी प्रदेश भूमि व्यवस्था, सहकारी तथा कृषि मन्त्रालयले १५ लाख रुपैयाँ सहयोगमा सो सहकारीले स्याङ्जाको वालिङमा एक हजार रोपनी जमिनमा चाक्लाबन्दी खेती सुरु गरेको हो ।

एक सय ५० किसानका एक हजार रोपनी जमिनमा सुरु गरिएको चाक्लाबन्दी खेतीको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कागतीको बिरुवा रोपेर सोमबार सुभारम्भ गर्नुभयो ।

मन्त्री अर्यालले आधुनिक मोडलमा छरिएका जमिनलाई एकीकृत गरेर चक्लाबन्दी खेती सुरु गरिएको र यसलाई देशभर बिस्तार गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button