तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीमा पाँच लाख बढीको क्षति

भोजपुर– भोजपुरको दक्षिणमा रहेको हतुवागढी –८ पात्लेपानीको मालबासेमा भान्साको चुलो माथी सुकाएको दाउराबाट आगो सल्किदा आगलागी हुँदा ५ लाख बढीको क्षति भएृको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार सोमवार स्थानिय ईश्वर बहादुर तामाङको घरमा आगलागी हुँदा ५ लाख २१ हजार बरावरको क्षति भएको छ । आगलागीबाट तामाङको दुई तले घरमा रहेको, नगद ४० हजार, अन्नपात, लत्ताकपडा, भाडावर्तन, खाद्यन्न, काठपात लगायत जलेको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए ।

स्थानियवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रण लिईएको थियो । आगलागीबाट कुनैपनि मानविय क्षति नभएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button