तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाका कारण महाकाली नदीले खतराको संकेत पार गर्‍यो

कञ्चनपुर । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेर खतराको संकेत पार गरेको छ ।महाकाली नदीमा पानीको बहाव १ लाख १३ हजार क्यूसेक पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ । कञ्चनपुर लगायत चुरे क्षेत्रमा भएको वर्षाले महाकाली नदीको सतह खतराको संकेत पार गरेको हो ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार वर्षाका कारण कञ्चनपुरका साना तथा ठूला नदीहरुमा पानीको सतह बढेको छ । सोमबार रातिबाट परेको वर्षापछि महेन्द्रनगर क्षेत्र डुबानमा परेको छ ।

नदीमा पानीको बहावले खतराको संकेत पार गरे पनि भारतले शारदा ब्यारेज (पुल) मा चारपांग्रे सवारीसाधानमा रोक लगाइएको छ । महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि खतरा मान्ने गरिन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button