तपाईँ सुन्दै हुनुहुन्छः

प्रेम विवाहका कारण सम्बन्ध विच्छेदका मुद्दा बढ्दो

रुपन्देहीमा विभिन्न कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको देखिएको छ । वैदेशिक रोजगार, म*दिरा सेवन, ला*गुऔ*षध, असफल प्रेम विवाहका कारण सम्बन्ध विच्छेद बढ्दै गएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ । आर्थिक वर्ष ०७४÷७५ मा ६३१ सम्बन्ध विच्छेदको मुद्दा परेकामध्ये ५०२ मुद्दा फछ्र्यौट भएको छ भने १२९ अझै बाँकी रहेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७५÷७६ मा ७२७ मुद्दा परेकामा ४९२ फछ्र्यौट भएको छ भने २३५ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार नेत्र भुसालले जानकारी दिनुभयो । अधिकांश मुद्दा २० देखि ३० वर्ष उमेर समूहका भएको बताइएको छ ।

यस्तै रुपन्देहीमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा पनि बढेको छ । आव २०७४÷७५ मा ८२ मुद्दा जबर्जस्ती करणीसम्बन्धी अदालतमा दर्ता भएकामा ५६ मुद्दा फछ्र्यौट भएको छ भने २६ मुद्दा बाँकी रहेको छ । त्यस्तै आव २०७५÷७६ मा १२० मुद्दा परेकामा ६० मुद्दा फछ्र्यौट भएको छ । त्यस्तै ६० मुद्दा बाँकी रहेको स्रेस्तेदार भुसालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button