तपाईँ सुन्दै हुनुहुन्छः

कहाँ कहाँ हुँदैछ चुनाव ? सोलुखुम्बुको तिङ्गलामा उपचुनाव सूचीमा समावेश छैन

काठमाण्डौ – निर्वाचन आयोगले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका  उपनिर्वाचनको तयारी सुरु गरेको छ ।स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४२ वडाध्यक्षका लागि पनि मंसिर १४ मा चुनाव हुँदैछ ।वडाध्यक्षसहित सबै सदस्यको पद खाली रहेको सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–११, आउँदो मंसिर १४ मा हुने उपचुनावको सूचीमा समावेश भएको छैन ।

निर्वाचन आयोगले पालिका प्रमुख तथा वडाध्यक्ष गरी ४६ वटा पदको रिक्त सूची सार्वजनिक गरेको भए पनि सबै पद खालि रहेको सोलु दूधकुण्ड नगरपालिका ११ भने नसमेटिएको हो । साविकको तिङ्गला गाविस नेचासल्यान गाउँपालिकामा समेटिएपछि सोलु दूधकुण्ड नगरपालिकामा समेटिनुपर्ने माग गर्दै त्यहाँका नागरिकले २०७४ सालमा भएको पालिका, प्रदेश र संघीय सबै चुनाव बहिष्कार गरेका थिए ।यता निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले भने तिङ्गलामा उपचुनाव नभई विशेष चुनाव गर्नुपर्ने र त्यसका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताउनुभयो ।

कहाँ कहाँ हुँदैछ चुनाव ?

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button