तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय क्रिकेट टिमले ओमानमा टी–२० सिरिज खेल्ने

काठमाडौं । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नसकेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा टी–२० सिरिज खेल्ने भएको छ ।

५ देशको सहभागिता रहने प्रतियोगिता असोजमा हुने भएको छ । यसका साथै यो प्रतियोगिता ग्लोबल क्वालिफायर्स अगाडी हुने भएको छ । जसका लागि नेपाली टिमलाई पनि सहभागिताका लागि निम्तो आएको छ ।

नेपालसहित ओमान, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड्सको सहभागिता रहने सो प्रतियोगिताका लागि आइसीसीले अनुमति भने दिएको छैन । यो प्रतियोगिता ओमानमा गर्नका लागि ओमान क्रिकेट संघले सहभागी सबै संघलाई पत्राचार गरिसकेको छ ।

ओमान क्रिकेट संघलाई सबै टिमले खेल्ने पक्का गरेको बताइएको छ । यो प्रतियोगितापछि ओमान, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड्स ग्लोबल विश्वकप छनोटमा सहभागी गर्ने जानेछन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button