तपाईँ सुन्दै हुनुहुन्छः

‘बुद्धको विचारलाई विश्वभरी फैलाउनुपर्छ’

केशव ढुंगाना । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले भ्रमण वर्ष २०२० मा सरकारले लक्ष्य राखे अनुसार विदेशी पर्यटक भित्राउन गौतम बुद्धको विचारलाई विश्वभरी फैलाउनुपर्ने बताउनु भएको छ ।

७४ औं हिरोसिमा नागासाकी स्मृति दिवसका अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले विश्वका नागरिक युद्धको त्रासदीबाट मुक्त हुन खोजिरहेको उल्लेख गर्नुहुँदै गौतम बुद्धको शान्तिको सन्देशलाई विश्वभरी फैलाउनुपर्ने बताउनुभयो ।

द्वितीय विश्व युद्धका क्रममा जापानको हिरोसिमामा सन् १९४५ को अगष्ट ६ र नागासाकीमा त्यसको तिन दिन पछि अर्थात अगष्ट ९ का दिन शक्तिशाली आणविक बम खसालिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button