तपाईँ सुन्दै हुनुहुन्छः

आज बाट लागु हुने गरी खाना पकाउने ग्यासको मूल्य घट्यो, यस्तो छ नयाँ मुल्य

काठमाडौँ – नेपाल आयल निगम ले आज बाट लागु हुने गरी पेट्रोलियम पदार्थ को मुल्य समायोजन गर्दै पेट्रोल, मट्टितेल र डिजल को मुल्य बढाएको छ भने खाना पकाउने ग्यास को मुल्य भने घटाएको छ । निगम का अनुसार अन्तराष्ट्रिय बजार मा कायम रहेको पेट्रोलियम पदार्थ को मुल्य अनुरुप ईण्डियन आयल कर्पोरेसन ले नेपाल का लागि पेट्रोल र डिजल मा मुल्य बढाएको र ग्यास मा घटाएको हुदा निगम ले श्रावन २२ गते बाट पेट्रोलियम पदार्थ को मुल्य समायोजन गरिएको हो ।। नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा १ रुपैयाँ महंगो हुँदा डिजेल र मटितेलको मूल्य ५० पैसा मात्रै बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २५ रुपैयाँले घटेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । मूल्य घटेपछि एक सिलिन्डर ग्यासको लागि १ हजार ३७५ रुपैयाँ तिर्नुपर्ने छ ।

हवाई ईन्धनको  विक्री मूल्य यथावत राखिएको छ । निगमले गत वर्ष ग्यासमा करिब ६ अर्व नोक्सानी व्यहोरेको थियो । ‘यसैको कारणले हालसम्म स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन, । मूल्य समायोजन गरेपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रतिलिटर क्रमशः १४.३७ र १५.४७ रुपैयाँ सस्तो हुने अवस्था रहन्छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button