तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारीले सामुहिक राजीनामा दिए अब स्वीकृत हुने

 

काठमाडौं । सरकारी कर्मचारीले दिएको सामुहिक राजिनामा अव स्वीकृत हुने गरि ऐन वन्ने भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रमा रहेको संघिय निजामती सेवाको गठन संचालन र सेवा सर्त सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयकमा रहेको निजामताी कर्मचारीको राजिनामा सम्वन्धी विषयमा सहमति भएको हो ।

समितिको आज सिहंदरवारमा वसेको बैठकमा बिधेयकमा उल्लेख गरिएको राजिनामा सम्वन्धि विषयमा विशेष गरि प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका साँसदहरुले यसले नयाँ गलतकार्यको सुरुवात गर्ने र टे«ड युनियनवाट त्रसित मनोविज्ञान प्रर्दशित गरेको वताउनु भयो । तर नेकपा लगायतका सांसदले भने मौलाउदै गरेको टे«ड युनियनको अराजक कृयाकलापलाई नियन्त्रण गर्दे निजामती प्रशासनलाई सुदृढ वनाउने धारणा राख्नु भएको थियो । बैठकमा कर्मचारीलाई ट्रेड युनियन अधिकार दिदै गर्दा राज्य भने निरिह वन्नु पर्ने अवस्था आउन नहुने जस्ता धारणा सदस्यहरुले राख्नु भएको थियो ।

बैठकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले कर्मचारी प्रशासलाई व्यवस्थित वनाउने विधेयकको उद्देश्य भएकाले यस अनुरुपकै विषयहरु विधेयकमा समावेश गरिएको वताउनु भयो । मन्त्री पण्डितले सरकार निजामती कर्मचारीको ट्रेड युनियनको अधिकार कटौती गर्ने पक्षमा नरहेको वताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button