तपाईँ सुन्दै हुनुहुन्छः

राज्यका सबै निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व : मन्त्री थापा

काठमाडौं ।महिला बालबालिका तथा जेष्ठ नागरिक  मन्त्री थम माया थापाले  राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिता गराउने तर्फ आफ्नो भुमिका केन्द्रीत रहने प्रतिवद्धता व्यक्त गर्नुभयको
छ ।

आजको प्रतिनिधिसभा बैठकमा सांसादहरुले राखेका जिज्ञासाको उत्तर दिँदै मन्त्री थापाले राज्यका सबै संयन्त्र र निकायमा ३३ प्रतिशत पुर् तर्फ कानुन तर्जुमा भई लागु हुने अवस्थामा रहेको भन्दै सो व्यवस्था कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको बताइन् ।

सांसद उमा रेग्मीले राज्यका हरेक निकायमा महिलाहरुको ३३ प्रतिशत प्रतिनिधित्व नभएको भन्दै सो व्यवस्था कार्यान्वयनका लागि मन्त्रालयले गरेका तयारी बारे प्रश्न गरेकी थिइन् ।

सांसद रेग्मीको प्रश्नको उत्तर दिँदै मन्त्री थापाले नेपालको संविधानको मर्म र भावना अनुसार राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्नेमा अहिले संघीय संसदमा ३३ दशमलब ५ , प्रदेश संसदमा ३४ दशमलब ५ र स्थानीय व्यवस्थापिकामा झण्डै ४१ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको जानकारी दिइन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button