तपाईँ सुन्दै हुनुहुन्छः

वायुसेवा निगम सुधारका लागि सुझाव कार्यदल गठन

काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार मन्त्रालयमा नेपाल वायुसेवा निगमलाई सुधार्न ‘ पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालय  जानकारी दिएको छ ।

समितिमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ विनप्रसाद पौडेल, निमगका पूर्व क्याप्टेन सुधीर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्। समितिले हालसम्मका प्रतिवेदनहरुको अध्ययन गर्ने, निगमको आर्थिक कानुनी लगायत समग्र स्थितिको अध्ययन गरी तत्कालीन र दिर्घकालीन योजना सहितको प्रतिवेदन दिने छ।

समितिलाई अध्ययन तथा प्रतिवेदन तयार गर्न एक महिनाको समय दिइएकोछ।

news

प्रतिक्रिया राख्नुहोस्

Back to top button