तपाईँ सुन्दै हुनुहुन्छः

२ कराेड ठग्ने सहकारी ठग सिटाैला नुवाकाेटबाट पक्राउ

काठमाण्डाैं ।
सहकारी ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ ठेगाना भएकी ३२ वर्षीया प्रतिमा सिटौलालाई नुवाकोटको विदुरबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेको छ ।

सिटौला समेत भएको ठगी मुद्दामा उच्च अदालत पाटनको २०७३ चैत्र ७ गतेको फैसलाले १ महिना कैद र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ जरिवाना हुने ठहर भएकी सिटौला उक्त सजाय वेरुजु रही फरार रहेकी थिइन् ।

काठमाडौं टोखा नगरपालिका-९ स्थित नाङ्गलो दिप सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडकी संचालक सदस्य सिटौला समेतका पदाधिकारीहरुले २०७०/७१ सालमा २ सय २ जना निक्षेपकर्ताहरुलाई आकर्षक सेवा, सुविधा र उपहार दिन्छौ भन्दै बिभिन्न प्रलोभनमा पारी जम्मा हुन आएको १ करोड ८३ लाख १८ हजार ८ सय ७१ रुपैयाँ आफूखुसी खाईमासी ठगी गरेको कसूरमा अदालतले प्रतिवादी प्रतिमा सिटौलालाई उल्लेखित सजाय गरेको थियो ।

सिटौलालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button